Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाबियाचौरमा ब्याडमिन्टन कर्भड हल निर्माण 

शनिबार, चैत १८, २०७९

गलेश्वर- म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा रु २१ लाखमा कर्भड हल निर्माण भएको छ । ब्याटमिन्टनसहित मार्सल आर्टका खेलसमेत सञ्चालन गर्न मिल्ने गरी निर्मित कर्भड हलको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गरेका हुन् ।

गाउँपालिकाको रु ११ लाख, पूर्वाधार कार्यालयको रु पाँच लाख र २ को वडा कार्यालयबाट रु  पाँच लाख गरी रु २१ लाखको आर्थिक सहयोगमा उक्त कर्भड हल निर्माण भएको हो ।

गाउँपालिका अध्यक्ष रोकाले समुदायमा आवश्यक सबै पूर्वाधारमा पालिकाको बजेटबाट मात्रै सम्भव नभएकाले अन्य सरकारी निकाय, प्रदेश र सङ्घीय सरकारबाट समेत बजेटको आवश्यकता रहेको बताए । 

कर्भड हल बाहिर पार्किङ, व्यवस्थित शौचालयसहितको संरचनाका लागिसमेत मङ्गला युथ क्लबले बजेट माग गरेको छ । कर्भड हललाई आवश्यकताअनुसार संरचना थप गरिने जनाइएको छ । 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  ०८:४३
प्रतिक्रिया दिनुहोस्