Nic Ad Nic Ad
Nic Ad Nic Ad

मिटरब्याज पीडितले बल्ल पाए बालुवाटार प्रवेश

शनिबार, चैत १८, २०७९

काठमाडौँ– मिटरब्याज पीडितहरूले बालुवाटारमा प्रवेश पाएका छन् ।

झण्डै एक हप्ताको प्रयासपछि उनीहरूले बल्ल आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश पाएका हुन् ।

बर्दिबासदेखि आएर काठमाडौंका सडकमा संघर्ष गरिरहेका मिटरब्याज पीडितहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट्न बोलाएपछि उनीहरू आज बिहानै लाम लागेर बालुवाटार प्रवेश गरेका हुन् ।

न्याय माग्न काठमाडौँ आएका पीडितसँग वार्ता गर्न बुधबार मात्र सरकारले समिति बनाएको थियो । त्यसपछि शुक्रबार भएको वार्ता पनि सहमतिनजिक पुगेको बताइएको छ ।

आज प्रधानमन्त्रीलाई भेटेपछि फेरि वार्ता हुनेछ । 

मिटरब्याज पीडित आन्दोलित भएपछि शुक्रबारमात्रै धनुषाबाट तीनजना मिटरब्याजी पक्राउ परेका थिए । मिटरब्याजीको आन्दोलनमा कतिपय नेताले ऐक्यबद्धता जनाइसकेका छन् । 
 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  ०९:२५
प्रतिक्रिया दिनुहोस्