Nic Ad Nic Ad
Nic Ad Nic Ad

दोलखाको सुरी केन्द्रबिन्दु भएर गयो भूकम्प

शनिबार, चैत १८, २०७९

काठमाडौँ– दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दोलखाको सुरी केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर २७ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ ।

यसअघि गत चैत १५ गते ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो । 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १२:५२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार