Nic Ad Nic Ad
Nic Ad Nic Ad

चितवन –२ मा उपनिर्वाचनका लागि कार्यालय स्थापना

शनिबार, चैत १८, २०७९

चितवन –चितवन – २ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । १० वैशाखमा हुन लागेको निर्वाचनका लागि जिल्ला कारागार भरतपुर अगाडिको औद्योगिक व्यवसाय विकाश प्रतिष्ठानको कार्यालयमा शनिबार कार्यालयको उद्घाटन गरिएको हो ।

उपनिर्वाचनका लागि २० चैतमा  मनोनयन दर्ता हुनेछ । २१ चैतमा उम्मेद्ववारको दाबी विरोधको समय रहेको छ । २२ चैतमा उम्मेदवारले नाम फर्ता लिन सक्नेछन् भने २३ चैत्रमा मनोनयनको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची छ । 

चितवन –२मा १ लाख २४ हजार ६९५ मतदाता छन् । मतदान स्थल ४३ र मतदान केन्द्र १३८ तोकिएको छ ।

चितवन –२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले पद खारेज गरेपछि उपनिर्वाचन हुन लागेको हो । ४ मङ्सिरमा भएको निर्वाचनमा लामिछाने अत्याधिक मतका साथ विजयी भएका थिए । उनले ४९ हजार २६१ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्प्रर्धी तत्कालिन राज्यमन्त्री कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ मत ल्याएका थिए ।  

१० वैैशाखमा हुने उपनिर्वाचनमा लामिछाने फेरि उम्मेदवार बन्ने भएका छन् । त्यस्तै सत्ता गठबन्धनले नेपाली कांग्रेसका नेता जीतनारायण श्रेष्ठ, एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राष्ट्रिय जनमोर्चाले उपाध्यक्ष जनकराज शर्मालाई उठाउने निर्णय गरेको छ ।  

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १४:१८
प्रतिक्रिया दिनुहोस्