नेभिगेशन
समाज विविध

थप ३८ जनामा कोरोना पुष्टि

काठमाडौं –थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घन्टामा देशभरबाट ६५६ नमूना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११८ र एन्टीजेनबाट ५३८ नूमना परीक्षण गर्दा पीसीआरबाट १५ र एन्टिजेनबाट २३ को रिपोर्ट पोजिटिभ आएको हो ।

यस अवधिमा सात जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १७१ पुगेको छ । मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध