Nic Ad Nic Ad
Nic Ad Nic Ad

कीर्तिमानी आरोही फुर्वातेञ्जिङ शेर्पा सदभावनादूत नियुक्त

शनिबार, चैत १८, २०७९

काठमाडौं –कीर्तिमानी आरोही फुर्वातेन्जिङ शेर्पा इटालीको ‘ग्रान सासो एण्ड मोन्टी डेल्ला नेशनल पार्क’को सदभावनादूत नियुक्त भएका छन् ।

आरोही शेर्पालाई पार्कका अध्यक्ष तमासो नभारोले शनिबार काठमाडौँमा आयोजित कार्यक्रममासदभावनादूतको नियुक्तिपत्र हस्तान्तरण गरे । ग्रान पार्क युरोपको ठूलो र प्रसिद्ध पार्क मानिन्छ । उक्त पार्कले जैविक संरक्षण र पर्यावरण सन्तुलनमा महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ।

दोलखा गौरीशङ्करको रोलवालिङका फुर्वातेञ्जिङ शेर्पाले १५ पटक सगरमाथा आरोहण गर्नुका साथै सबैभन्दा छिटो तीन दिनमा दुईपटक सगरमाथा आरोहण, बिना अक्सिजन दुईपटक सगरमाथा आरोहण र कम उमेरमा (२४ वर्षको उमेरमा नौपटक) सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् ।

त्यस अवसरमा अवसरमा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कीर्तिमानी आरोही फुर्वातेन्जिङ शेर्पाले साहसिक काम गरेर विश्वभर पहिचान कमाउनुका साथै सोही कारण इटालीको नेशनल पार्कले सदभावनादूत बनाउनु नेपालका लागि निकै गौरवको विषय भएको बताए । 

विविल राइज फाउन्डेसनले आयोजना गरेको कार्यक्रम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले नेपालको छोरो फुर्वातेन्जिङले साहसिक काम गरेर इटालियन नेशनल पार्कको सद्भावना दूत बनेर नेपालको गौरव बढाएको बताइन् ।

सद्भावनादूत नियुक्त र्कीतिमानी आरोही शेर्पाले युरोपकै प्रसिद्ध इटालीको नेशनल पार्कको सदभावनादूत नियुक्तिले आगामी दिनमा नेपालको पहिचान र गौरव बढाउने थप काममा हौसला प्रदान गरेको बताए ।

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १८:३५
प्रतिक्रिया दिनुहोस्