Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतको केदारनाथ र बद्रीनाथमा भारी हिमपात 

आइतबार, चैत १९, २०७९

केदारनाथ– भारतको उत्तराखण्डमा शुक्रबार बिहानैदेखि पहाडी क्षेत्रमा हिमपात भएको छ भने मैदानी क्षेत्रमा पानी परिरहेको परिरहेको छ । 

केदारनाथ धाममा भारी हिमपातका कारण केदारनाथ धार्मिक यात्राको तयारी पनि प्रभावित भएको छ । यसैबीच उक्त स्थानमा भइरहेको पूर्वाधार निर्माण कार्य केही समयका लागि रोकिएको छ । 

धार्मिक यात्रा २५ अप्रिलबाट सुरु हुने बताइएको छ । साथै उत्तराखण्डका थुप्रै मैदानी इलाकामा  पनि पानी परिरहेको बताइएको छ ।

प्रशासनले राज्यमा सावधानीका साथै उद्धार कार्य पनि जारि राखेको छ । मौसममा बदली भएसँगै बद्रीनाथ धाममा पनि हिमपात शुरु भएको छ । बद्रीनाथ मन्दिरको द्वार २७ अप्रिलदेखि खोलिनेछ । बारम्बारको खराब मौसम र कडा चिसोका कारण यात्रा तयारी र गुरुयोजनाको काम प्रभावित भएको अधिकारीहरूले बताएका छन् ।

वर्षात् र हिमपातबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ  । 
 

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  ०६:०५
प्रतिक्रिया दिनुहोस्