नेभिगेशन
समाज विविध
आजको मौसम :

देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौँ– आज दिउँसो कासी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया आंशिक बदलीदेखि सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

कोसी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ । कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा