आज प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् सम्भावित ४ कार्यसूची
काठमाडौँ– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बानेश्वरस्थित संसद् भवनमा बस्ने संसद् सचिवालयले जनाएको छ ।
बैठकका लागि ४ वटा सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव भरतराज गौतमले बताए ।
सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आव २०७८-०७९) पेस गर्नेछन् ।
यस्तै आज नियमावली मस्यौदा समितिको प्रतिवेदनबारे दफाबार छलफल गरी पारित गर्ने कार्यसूची छ ।
यसैगरी, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफाबार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव पेस गर्नेछन् ।
यसपछि उक्त मस्यौदा प्रतिवेदनबारे प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिने छ ।
त्यसपछि नियमावली मस्यौदा समितिका सभापति केसीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।
यस्ता छन् ४ कार्यसूची :