बारा– २ मा जसपालाई समर्थन गर्ने कांग्रेसको निर्णय
काठमाडौँ– सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभाको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले यस्तो निर्ण गरेको कांग्रेस स्रोतले जनाएको छ ।
वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनमा बारा– २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव सम्भावित उम्मेदवार छन् ।
यस्तै, जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उठाउने निर्णय गरिसकेको छ । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्वडिआइजी रमेश खरेललाई अघि सार्ने भएको छ ।
अर्कोतिर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट राजेन्द्र महतो उठ्ने सम्भावना छ । नेकपा (एमाले)ले भने निर्णय गर्न बाँकी छ ।
जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि यहाँ पुनः निर्वाचन हुन लागेको हो ।