कांग्रेसद्वारा जोशी र कोइरालाको कारबाही फुकुवा
काठमाडौँ– सत्तारुढ घटक नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलगायत नेताहरूको कारबाही फुकुवा गरेकको छ ।
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको एक नेताले बताए ।
कांग्रेसले जोशीसँगै चितवन जिल्लाका पूर्वसभापति विकास कोइरालामाथिको अनुशासनको कारबाही फुकुवा गरेको हो ।
जोशीले कांग्रेसमा बागीको रुपमा तनहुँ १ बाट दुईपटक स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
यस्तै, कोइरालाले चितवनको तत्कालीन क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार बनेका थिए ।
जोशी हाल राष्ट्रपति रहेका रामचन्द्र पौडेलविरुद्ध तथा कोइराला स्व पूर्वप्रधानमन्त्री सुशील कोइरालाविरुद्ध उठेका थिए ।
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९ १३:१५
प्रतिक्रिया दिनुहोस्