Nic Ad Nic Ad
Nic Ad Nic Ad

कस्तो छ राष्ट्रपतिको स्वास्थ्य अवस्था ?

आइतबार, चैत १९, २०७९

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्यमा असहज भइ अस्पतालमा भर्ना हुनुभएका राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।’

राष्ट्रपति पौडेल शनिबार अस्पतालमा भर्ना भएका थिए ।

उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आज विहान अस्पताल पुगेका थिए ।

साथै सांसद् सुरेन्द्र आचार्य, पूर्वसभामुख तारानाथ रानाभाटलगायतले पनि भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको राष्ट्रपति पौडेलका निजी स्वकीय सचिव चिरञ्जीवि अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १३:५६
प्रतिक्रिया दिनुहोस्