प्रतिनिधिसभा नियमावली मस्यौदा सर्वसम्मतले पारित
काठमाडौँ– प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवदेन सर्वसम्मतले पारित भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकले समितिको तर्फबाट रमेश लेखकले पेश गरेको नियमावली मस्यौदा समितिको प्रतिवदेनलाई पारित गरेको हो ।
बैठकमा सांसदहरुले राखेका केहि संशोधनलाई स्वीकार गरिएको थियो भने केहि संशोधन प्रस्ताव फिर्ता भएको थियो । नियमावलीको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै लेखकले सांसदहरुले राखेका संशोधन प्रस्तावहरुको भावनालाई समेट्ने गरि परिमार्जन गरिएको जानकारी दिए ।
संसदको बैठक १ बजे बस्ने र एक घण्टाभित्र बैठक सुरु हुन नसके अर्को बैठकको समय तोक्नुपर्ने व्यवस्था गरिएको लेखकले बताए । त्यस्तै नियमावलीमा कार्यव्यवस्था परामर्श समितिको बैठक अधिवेशन चालु रहेको अवस्थामा नियमित रुपमा र अन्य समयमा आवश्यकता अनुसार बस्ने उल्लेख गरिएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९ १८:०२
प्रतिक्रिया दिनुहोस्