नेभिगेशन
सिएन ग्यालरी
पुष्प मेला

पुष्प मेलामा थरी–थरीका फूलहरु [तस्बिरसहित]

काठमाडौँ– गत शुक्रबारदेखि प्रदर्शनीमार्गस्थित प्रदर्शनहलमा शुरु भएको २४ औँ फ्लोरा एक्स्पो (पुष्प प्रदर्शनी मेला)मा  ४५० प्रजाति भन्दा बढीको फूलका बिरुवाहरु राखिएका छन्। 

फ्लोरिकल्चर एसोसियसनको आयोजना गरेको मेलामा ६० वटा स्थलहरु रहेको छ भने करिब ५ दिनसम्म लाग्ने यस प्रदर्शनी २० गते (भोलि)सम्म चल्ने आयोजक समितिले जनाएको छ ।

flora_expo_nepal31680439699.jpg

मेलामा प्रदर्शन गरिएका फूलहरु निकै आकर्षण अनि सुन्दर रहेको हुदा एक्स्पोमा आउनेहरु किन्नुको साथै फोटो अनि टिकटक समेत बनाउने गरेका छन् ।

पुष्प प्रदर्शनीले प्रत्यक्ष एवं परोक्ष रूपमा पुष्प व्यवसायको विकास र प्रवरद्धनमा महत्त्वपूर्ण योगदान गर्ने उद्देश्य रहेको एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङको भनाइ छ । 

flora_expo_nepal81680439743.jpg

एक्स्पोमा ६२ वटा व्यावसायिक स्टल, ल्यान्डस्केपिङ तीनवटा, अफिसियल स्टल १०, प्रतियोगिता प्रदर्शनी तीन र दुईवटा फुड स्टलसहित ८० स्टल रहेका छन् । मेलाका संयोजक शिवबहादुर खड्काले मेलामा मौसमी फूल फूल्ने तथा नफुल्ने आलङ्कारिक बिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोस्ट मल बिक्री कक्षमा राखिएको छ ।

flora_expo_nepal91680439743.jpg

flora_expo_nepal101680439743.jpg

flora_expo_nepal111680439743.jpg

flora_expo_nepal41680439742.jpg

flora_expo_nepal11680439742.jpg

flora_expo_nepal21680439742.jpg

flora_expo_nepal121680439743.jpg

flora_expo_nepal51680439742.jpg

flora_expo_nepal61680439742.jpg

flora_expo_nepal71680439742.jpg

प्रतिक्रिया दिनुहोस्