नेभिगेशन
सुरक्षा–अपराध

गोकर्णेश्वरबाट एक महिलासहित १२ जना जुवाडे समातिए

काठमाडौँ– गोकर्णेश्वरस्थित नयाँबस्ती पहेलो पुल नजिकैबाट जुवातास खेलिरहेको अवस्थामा १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। 

गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती पहेलो पुल नजिक ४० वर्षीया सन्चिमाया वाईबाको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा वाईबा समेत १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो। 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ८५ रूपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ