Nic Ad Nic Ad
Nic Ad Nic Ad

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, प्रतिपक्ष दलले मुख्यमन्त्री गिरीको राजिनामा माग्ने

सोमबार, चैत २०, २०७९


काठमाडौं - सरकार परिवर्तनको रस्साकस्सी चलिरहेको बेला लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ ।
प्रदेश सभा सचिवालयका अनुसार सोमबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको छ ।

samridhi jewllers

प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशनमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ नियम १२ को उपनियम (३) बमोजिम अनुरुप साेमवारकाे बैठक आह्वान गरिएको हो । सो बैठकमा मुख्यमन्त्री लिला गिरीले ‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठान’ सम्बन्धी विधेयक पेस गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यसैगरी, प्रतिपक्ष दलहरुले भने बिशेष समयमा मुख्यमन्त्री गिरीको राजिनामा माग्ने तयारी गरेका छन । नेकपा माओवादी केन्द्रसहित केन्द्रीय सत्तारुढ गठबन्धन आबद्ध दलले समर्थन फिर्ता लिएको भन्दै राजिनामा दिनु पर्ने मागलाई बैठकमा उठाउने  तयारी उनीहरूले गरेका हुन् ।

माओवादीलगायतको समर्थनमा मुख्यमन्त्री बनेका एमालेका गिरीलाई केन्द्रिय राजनीति परिवर्तन भएलगत्तै माओवादी लगायतले समर्थन फिर्ता लिएपछि राजिनामा दिनु पर्ने बिषय उठाईदै आए पनि गिरीले भने संविधान अनुसार ३० दिन भित्र विश्वासको मत लिन खोजिरहेका छन । प्रतिपक्ष दलहरुले भने गिरीको राजिनामा पछि कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै यसअघि नै प्रदेश प्रमुख अमक्ष दाबी पेस गरे अनुसार तत्काल नियुक्ती खोजिरहेका छन् । 
 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १०:४४
प्रतिक्रिया दिनुहोस्