पाल्पा–बुटवल सडकखण्ड बन्द
पाल्पा–सिद्दबाबा सुरुङमार्ग निर्माणका क्रममा पाल्पा–बुटवल सडकखण्ड अब दैनिक ९ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा सुरुङ मार्ग निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य सुरु गरेको र माथिवाट खुकुला ढुंगाहरूको पहिरो झरेर काम गर्न जोखिम भएकाले बाटो बन्द गर्नु परेको डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख प्रदिप निरौलाले जानकारी दिए ।
राष्ट्रिय महत्वको सुरुङ मार्ग निर्माणमा दुर्घटनाको उच्च जोखिम हुने हुँदा २१ चैतमंगलबार बिहान ११ बजे देखि अपराह्न २ बजेसम्म र राती १० बजेदेखि विहान ४ बजेसम्म अर्को सूचना प्रकाशित नभएसम्म सडक बन्द रहने पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बस्तोलाले बताए ।
त्यस समयमा एम्बुलेन्स लगायत अत्यावश्यकीय सवारी साधन सञ्चालनमा अवरोध नहुने छ । यसअघि पनि १३ फागुनदेखि १५ दिन दिउँसो र रातिको समयमा दैनिक ८ घण्टा राजमार्ग बन्द गरी काम गरिएको थियो ।