Nic Ad Nic Ad
Nic Ad Nic Ad

लुम्बिनीका मुख्यमन्त्री गिरीको दाबी–अल्पमतमा छैनौं

सोमबार, चैत २०, २०७९
samridhi jewllers

बुटवल –लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट अल्पमत प्रमाणित भए तत्काल सरकार छाड्नेचेतावनी दिएका छन् । तुलसीपुरमा सोमार पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री गिरीले आफू अल्पमतमा परेको प्रमाणित नभएको ठोकुवा गरे ।
मुख्यमन्त्री गिरीले अल्पमतमा परेको कुरा परीक्षण हुन बाँकी नै रहेको भन्दै प्रमाणित भएको दिन एक मिनेट पनि सरकारमा नबस्ने बताए । ‘अल्पमत भन्ने कुरा प्रमाणित भइसकेको छैन,’ उनले भने ‘प्रमाणित भइसकेपछि हामी एक मिनेट पनि सत्तामा रहने छैनौँ ।’
उनले आफू अल्पमतमा परेको प्रमाणित भइसकेपछि पनि नेपालको संविधानको धारा १६८ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्छ भन्ने आफूहरूको दाबी रहने बताए ।
‘प्रदेश प्रमुख अमिक शेरचन कसरी अगाडि बढ्नुहुन्छ, त्यो अलग कुरा हो’। उनले भने, ‘तर, हाम्रो माग त्यसपछिको नयाँ सरकार धारा ३ अनुरूप गठन हुनुपर्छ भन्ने रहन्छ ।’ 
लुम्बिनी प्रदेशसभामा सबैभन्दा ठूलो पार्टी नेकपा (एमाले) हो । लुम्बिनीमा अहिले राप्रपाबाहेक सबैले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् । सोही कारण उनी अल्पमतमा परेको तर्क गरिँदै छ । त्योसँगै मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । विश्वासको मत पाउन नसके आउँदो वैशाख १० गतेसम्म उनी नेतृत्वको सरकार बर्खास्त हुनेछ ।
चैत १२ गते नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले संविधानको १६८ (२) बमोजिम ५३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित सरकार गठनका लागि दाबी पेस गरिसकेका छन् ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १४:०३
प्रतिक्रिया दिनुहोस्