पाँच वर्षमा पनि काम गरिएन भने कांग्रेस–माओवादी दण्डित हुनुपर्छ : गगन थापा
तनहुँ –नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको गठबन्धन ५ वर्ष नै जाने बताएका छन् ।
तनहुँ–१ मा सोमबार आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यो गठबन्धनले काम गरेर देखाउन सक्नु पर्ने बताए । ‘पाँच वर्षमा काम गरेर देखाएनौँ भने अर्को पटक कांग्रेस र माओवादीले दण्ड पाउनुपर्छ’, उनले भने, ‘हामीले परिणाम दिन सकेनौँ भने हामी दण्ड भोग्न तयार हुनुपर्छ ।’
उनले नेपाली कांग्रेसका तनहुँ –१ का उम्मेदवार गोविन्द भट्टराई विजयी भएपछि बिलाएर नजाने पनि बताए ।
प्रकाशित मिति: सोमबार, चैत २०, २०७९ १४:३४
प्रतिक्रिया दिनुहोस्