Nic Ad Nic Ad
Nic Ad Nic Ad

सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

सोमबार, चैत २०, २०७९

पोखरा – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत राष्ट्रिय सडक सुरक्षा परिषद्को आयोजनामा १ दिने सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

नासा नेपालको संयोजन र लेखनाथ उद्योग वाणिज्य सङ्घको व्यवस्थापनमा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीराम भट्टराईले सडक पूर्वाधारको विकाससँगै सडक सुरक्षा राज्यको प्रमुख चुनौतीको विषय बनेकाले नेपालजस्तो विकासोन्मुख मुलुकमा साँघुरा र मापदण्ड विना निर्माण गरिएका सडक सवारी दुर्घटनाका प्रमुख कारण रहेको बताए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य बाबुराम गिरीले आम नागरिकको सडक दुर्घटनाबाट मृत्यु भयावहको अवस्थामा रहेको बताउँदै सडकको अवस्था, नीति नियमको पालना नगर्दा र सवारी साधनको अवस्थाका कारणले सडक दुर्घटना बढेको बताए ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्