Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाबाट तनहुँ १ मा स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराए

सोमबार, चैत २०, २०७९

काठमाडौं - अर्थविद् डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभा सदस्यका लागि तनहुँ १ बाट उम्मेदवार मनोनयन दर्ता गराएका छन्। रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको उक्त निर्वाचन क्षेत्रमा अर्थविद् वाग्लेले रवि लामिछाने नेतृत्वको राष्टिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

वाग्लेले सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

वाग्लेले कांग्रेसमिा डा आरजु राणा देउवाले आफुलाई स्थान कहिल्यै नदिएको भन्दै रास्वपा प्रवेश गरेर तनहुँबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

यो क्षेत्रमा वाग्लेसहित कांग्रेसका डा गोविन्द भटटराई, एमालेका पूर्व आईजिपी सर्वेन्द्र खनाल लगायतको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १६:१८
प्रतिक्रिया दिनुहोस्