Nic Ad Nic Ad
Nic Ad Nic Ad

पुनर्गठनपछिको पहिलो मन्त्रिपरिषद् बैठक जारी

सोमबार, चैत २०, २०७९

काठमाडौं - मन्त्रिपरिषद् विस्तार र पुनर्गठनपछिको पहिलो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ ।

बैठक अपराह्न ४ बजेदेखि सुरू भएको हो । बैठकका एजेन्डाहरूमा सुदखोर पीडितहरूको मागबारे छलफल हुनेछ । स्रोतकाअनुसार सरकारका दैनिक प्रशासनिक विषयमा पनि आवश्यक निर्णय हुनेछ ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो पटक शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपछि बसेको यो पहिलो बैठक हो । प्रचण्डले शुक्रबार कांग्रेसबाट ४, एकीकृत समाजवादीबाट २, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी, जनता समाजवादी, नागरिक उन्मुक्ति र नेपाल समाजवादीबाट १/१ जना मन्त्री थपेका छन् ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १७:१३
प्रतिक्रिया दिनुहोस्