Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘अवसर इक्विटी’ नेपालको पहिलो प्राईभेट इक्वीटी फण्ड

सोमबार, चैत २०, २०७९

काठमाडौं –अवसर इक्विटी लिमिटेडले फागुन १५ गते देखि चैत १५ गतेसम्म निष्काशन गरेको ४ अर्व ५० करोड भन्दा बढीका इकाईहरुको बिक्री भएपछि कोष निष्काशन बन्द गरेको छ ।

बजारको हालको चुनौतीपूर्ण अवस्थामा समेत कोषमा लगानी गर्नका लागि कोषले अत्याधिक विश्वास प्राप्त गरेको छ ।

यसरी नेपालमा दर्ता भई संचालनमा आउने यस पहिलो कोषले निष्काशन तथा बिक्रीमा सफलता पाउनुलाई नेपालको प्राईभेट इक्विटी तथा भेन्चर क्यापिटल व्यवसायको इतिहासमा एउटा महत्वपूर्ण कोशे ढुङ्गाको रुपमा कम्पनीले लिएको छ । यसै अवसरमा कोषले व्यापार बृद्धिका रणनीतिहरू कार्यान्वयन गर्न सक्ने क्षमता भएका तर स्रोत साधनको अभाव भएका नेपाली उद्योग व्यवसायमा लगानी गरी त्यस्ता क्षेत्रहरुको विकास र विस्तारमा सघाउ पु–र्याई एकातर्फ देशको आर्थिक विकासमा योगदान गर्ने र अर्को तर्फ विश्वास गरी कोषमा लगानी गर्ने लगानीकर्ताहरुलाई उचित प्रतिफल समेत प्रदान गर्ने गरी लगानी व्यवस्थापन गर्न कोष व्यवस्थापकले हरसम्भव प्रयास गर्ने कुराको प्रतिवद्धता समेत व्यक्त गरेको छ । लगानीकालागि कोष व्यवस्थापकको इमेल ठेगाना चm२बखबकबचभत्रगष्तथ।अयm मार्फत सम्पर्कका लागि अनुरोध गरेको छ ।

अवसर इक्विटी लिमिटेड सिद्धार्थ बैंक, कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंक गरी चारवटा वाणिज्य बैंक, उच्च नेट–वर्थ भएका नेपालका प्रतिष्ठित व्यक्ति तथा नेपालको वित्तिय क्षेत्रका व्यवसायीक व्यक्तिहरुले प्रवद्र्धन गरी नेपाल धितोपत्र बोर्डबाट विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ बमोजिम कोष व्यवस्थापकको अनुमतिपत्र प्राप्त संस्था हो । यसको उद्देश्य असाधारण नेपाली उद्यमीहरूको पहिचान गरी त्यस्ता उद्योगको विकास र विस्तारका लागि स्वपुंजी प्रदान गर्ने र उनिहरूका नवीन र दूरदर्शी व्यापार विचारहरूलाई वास्तविकतामा परिणत गर्ने रहेको छ । संस्थाले निजी कोषहरुलाई उत्पादनशील क्षेत्रमा प्रयोग गर्ने र उद्यमशील इकोसिस्टमलाई सहयोग गर्ने लक्ष्य राखेको छ ।
 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १७:२०
प्रतिक्रिया दिनुहोस्