नेभिगेशन
समाज विविध
आजको मौसम :

सुदूरपश्चिमसँगै देशका पहाडी भागमा चट्याङसहित वर्षा 

काठमाडौँ– आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । 

‘देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध