Nic Ad Nic Ad
Nic Ad Nic Ad

सोलुखुम्बुमा अस्ट्रेलियाली नागरिकको मृत्यु

मंगलबार, चैत २१, २०७९

सोलुखुम्बु– जिल्लाको खुम्बु क्षेत्रमा एक अस्ट्रेलियाली नागरिकको ज्यान गएको छ ।

जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–२ रात्माटेमा ६३ वर्षीय अस्ट्रेलियाली नागरिक भ्यालेन्स फिलिप्स थोमसको सोमबार  निधन भएको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।

कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक पूर्ण दाहालकाअनुसार आइतबार नै रामेछापको मन्थलीबाट लुक्ला विमानस्थल ओर्लिएका थोमस त्यहाँबाट सङ्खुवासभा जाने कार्यतालिका थियो ।

हिँड्दै गर्दा एक्कासि उकालो बाटोमा ढलेका उनको उपचारको क्रममा निधन भएको दाहालले बताए ।

थोमससहित तीन अस्ट्रेलियाली नागरिक नेपाली पथप्रदर्शक योग्यबहादुुर कार्कीको नेतृत्वमा लुक्लाबाट मेरा पिक हुँदै सङ्खुवासभाको तुम्लिङटारतर्फ अघि बढेका थिए ।

शवको कानूनी प्रक्रिया पूरा गरिएको छ । उनको शव आज  हेलिकप्टरमार्फत पोष्टमार्टमका लागि काठमाडौँ लैजाने तयारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  ०६:५५
प्रतिक्रिया दिनुहोस्