चार पटकको विजेता चेन्नाईको पहिलो जित
काठमाडौँ– १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सले पहिलो जित हात पारेको छ ।
चार पटकको विजेता चेन्नाईले आफ्नो दोस्रो खेलमा पहिलो जित हात पारेको हो ।
घरेलु मैदान एमए चिदम्बरम क्रिकेट स्टेडियममा गएराति भएको खेलमा चेन्नाईले लखनऊ सुपर जायन्ट्सलाई १२ रनले पराजित गरेको हो ।
चेन्नाईले दिएको २१८ रनको लक्ष्य पछ्याएको लखनऊले २० ओभरमा ७ विकेट २०५ रनमात्र बनाउन सक्यो ।
लखनऊका लागि ओपनर कायल मेयर्सले लगातार दोस्रो अर्धशतक बनाउने क्रममा ५३ रन बनाए पनि यो टोलीको जितका लागि पर्याप्त भएन ।
चेन्नाईका लागि मोइन अलीले ४ विकेट लिए । यस्तै, तुसारदेश पाण्डेले २ र मिचेल स्यान्टेनरले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो ।
चेन्नाईका लागि ऋतुराज गायकवाडल ५७ रनको अर्धशतकीय पारी खेले खेले ।
अर्का ओपनर डेभोन कन्वेले २९ बलमा ४७ रन बनाए ।
लखनऊका लागि मार्क वुड र रवि विष्नोईले समान ३-३ विकेट लिए ।
जारी लिगडमा पहिलो जित हात पारेको चेन्नाई २ अंकका साथ छैटौँ स्थानमा रहेको छ । पहिलो हार व्यहोरेको लखनऊ २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।