Nic Ad Nic Ad
Nic Ad Nic Ad

पञ्चपुरीका तत्कालीन मेयर थापासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मंगलबार, चैत २१, २०७९

काठमाडौँ–  सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख (मेयर) उपेन्द्रबहादुर थापासहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छभ्रष्टाचारको मुद्दा दायर भएको छ ।

उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आज भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पञ्चपुरी नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनामा भ्रष्टाचार भएको ठहर गर्दै उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

यो परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनको लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी रकम भुक्तानी गर्दा २ करोड २० लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरिएको अख्यिारद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । 

अख्तियारले पञ्चपुरी नगरपालिकाका तत्कालीन नगर प्रमुख उपेन्द्रबहादुर थापाविरुद्ध ५० लाख विगो मागसमेत गरेको छ ।

यस्तै, पञ्चपुरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरी विरुद्ध ३० लाख, अर्का प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाविरुद्ध २० लाख र लेखा अधिकृत मोहनबहादुर बुढाविरुद्ध ५० लाख रुपैयाँ बिगो माग गरिएको छ ।

यसैगरी लेखापाल लक्ष्मीप्रसाद अधिकारीविरुद्ध २० लाख र नमूना समाज सुर्खेतका कार्यकारी निर्देशक लालबहादुर जिएम र नमूना समाज सुर्खेतका अध्यक्ष भूमिसरा पुलामी र नमूना समाज सुर्खेतको हकमा ५० लाख रुपैयाँ विगो मागिएको छ । 

उनीहरूविरुद्ध माथि उल्लेखित बिगो कायम गरी सजाय हुन र विगो रकमसमेत जफत गर्न अख्तियारले मागदाबी गरेको प्रवक्ता भोला दाहालले बताए ।
 

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १४:३१
प्रतिक्रिया दिनुहोस्