Nic Ad Nic Ad
Nic Ad Nic Ad

अदालतले फिल्म प्रसाद २ रिलिज रोक्यो, ठगीमा फरारको पक्ष लागेका भुवनलाई झड्का

मंगलबार, चैत २१, २०७९

काठमाडौँ– उच्च अदालत पाटनले फिल्म प्रसाद २ को रिलिज रोक्दै चलचित्र विकास बोर्डको नाममा कारण देखाउ आदेश जारी गरेको छ।

आफ्नो ९० प्रतिशत स्वामित्व रहेको फिल्म प्रसाद –२ १० प्रतिशत स्वामित्व रहेकाले विनाअनुमति रिलिज गर्न लागेको भन्दै केशव पाण्डेले फिल्मको तत्काल रिलिज रोक्न हालेको रिटमा उच्चको न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले अन्तरिम आदेशसँगै कारण देखाउ आदेश समेत जारी गरेको हो।

पाण्डेको पक्षबाट अधिवक्ता सरोज अधिकारी, श्यामकुमार विश्वकर्मा र अरुण पौडेलले बहस गरेका थिए। 

अधिवक्ता अधिकारीका अनुसार अदालतले तत्काल फिल्म रिलिज नगर्न आदेश दिएको हो।  प्रसाद २ का निर्माता सुवास थापाले फिल्ममा सबै लगानी गरेर ९० प्रतिशत स्वामित्व हुने सम्झौता गरे पनि आफ्नो पैसा पनि फिर्ता नदिएको र स्वामित्व पनो नदिएको पाण्डे पक्षको दाबी छ।

prasad-21680602925.jpg

पाण्डेको ६२ लाख ५० हजार सहित फिल्मका प्राविधिकको ११ लाख, सुटिङ गरेको ल्वाङगाउँका स्थानीयको १७ लाख लगायतको पैसा नदिए पनि बोर्डका अध्यक्ष भुवन केसीले ठगीमा फरार थापाको पक्ष लागेर फिल्म सेन्सर गर्दै चैत २४ मा पेलेरै रिलिजको तयारी गरेका थिए।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १५:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार