नेभिगेशन
अर्थ विविध

विक्रम पाण्डेसहितकाे भष्ट्राचार मुद्दामा सफाइ दिने निर्णयविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौँ । सिक्टा सिँचाइ आयोजनामा विक्रम पाण्डे लगायतलाई भष्ट्राचार मुद्दामा सफाइ दिने निर्णय विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन परेको छ ।

आयोजनाको निर्माण कार्य गुणस्तरहीन भएको भन्दै यसअघि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा विशेष अदालतले प्रतिवादीहरुलाई सफाइ दिएपछि सर्वोच्चमा पुनरावेदन गरिएको हो । 

अख्तियारका अनुसार,  सिक्टा सिँचाइ आयोजनाको मुल नहर भत्किएको, मुल नहरको डिजाइनमै त्रुटि देखिएको, गुणस्तरहीन निर्माण कार्य गरी भ्रष्टाचार गरेको भन्ने आरोपमा विशेष अदालतको फैसला चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरिएको जनाइएको छ । ।

अख्तियारले प्रतिवादीहरु दिलीपबहादुर कार्की, सरोजचन्द्र पण्डित, सुर्यदेव थापा क्षेत्री, योगेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशिलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, बीरसिंह धामी, प्रकाशबहादुर कार्की, मिनराज ढकाल, रविनाथ बाबु श्रेष्ठ, आशिषभद्र खनाल, कमलप्रसाद रेग्मी, सर्वदेव प्रसाद र रमेश बस्नेत उपर भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा ३ बमोजिम सजाय मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्