उपनिर्वाचन : गठबन्धनका साझा उमेदवारलाई जिताउन पाँच दलको आह्वान
काठमाडौं - सत्तासाझेदार पाँच दलले वैशाख १० हुने उपनिर्वाचनमा गठबन्धनका साझा उमेदवारलाई जिताउन आह्वान गरेका छन् ।
मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले गठबन्धनका साझा उमेदवारलाई जिताउन आह्वान गरेका हुन् ।
उपनिर्वाचनमा गठबन्धन दलका तर्फबाट तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा कांग्रेसका गोविन्द भट्टराई, चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा कांग्रेसका जीतनारायण श्रेष्ठ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी, नेपालका उपेन्द्र यादव उमेदवार छन् ।
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९ १७:५०
प्रतिक्रिया दिनुहोस्