देश अराजकतातर्फ उन्मुख छ : अर्जुननरसिंह केसी
काठमाडौँ – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले देश अराजकतातिर उन्मुख भइरहेको बताएका छन् ।
मंगलबार लेखक रमेशप्रसाद गौतमको कृति ‘मेरो अतित, मेरो अनुभव’ लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेता केसीले आर्थिक, शैक्षिक, ऋणको भारी र भ्रष्टाचार सबै किसिमबाट हेर्दा देश अराजकतातिर उन्मूख भइरहेको दाबी गरे।
उनले अहिलेको अवस्थालाई नियन्त्रण र निगरानी राख्न गठबन्धनको सही कार्यदिशा नभए देश असफल हुने निश्चित रहेको बताए । उनले शैक्षिक क्षेत्रमा पनि नैराश्यता देखिएको भन्दै यसलाई हटाउन सरकारले संघीय शिक्षा ऐन समयमा नै ल्याउनुपर्ने उल्लेख गरे ।
उनले विश्वविद्यालय अराजकता र भागबण्डाको अखडा भइरहेको दाबी गरे । नेता केसीले शैक्षिक अराजकता अहिलेको चुनौतीको विषय बनेको बताए ।
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९ २१:२६
प्रतिक्रिया दिनुहोस्