नेभिगेशन
विश्व

ट्रम्पले बनाए अमेरिकी राष्ट्रपतिको इतिहासमै खराब कीर्तिमान

काठमाडौँ– डोनाल्ड ट्रम्प आपराधिक आरोपको सामना गर्ने अमेरिकाको पहिलो राष्ट्रपति बनेका छन् ।

७६ वर्षीय पूर्वराष्ट्रपति ट्रम्प आज पक्राउ परेसँगै यस्तो खराब कीर्तिमान बनेको हो ।

उनीमाथि ३४ वर्षीय अश्लील चलचित्रकी नायिका (पोर्न स्टार) स्टर्मी डेनियलले फौजदारी अभियोग लगाउँदै मुद्दा दर्ता गराएकी हुन् । यो घटना सन् २०१६ मा भएको उनको भनाइ छ । 

आफूसँग यौनसम्पर्क गरेको र त्यसलाई दबाउन राष्ट्रपतिका प्रत्यासी ट्रम्पले आफूलाई एक लाख ३० हजार अमेरिकी डलर दिएको अभियोग उनले लगाएकी छिन् । 

अमेरिकी राष्ट्रपतिको इतिहासमा बिल क्लिन्टरलाई यौनकाण्डको अभियोग लागेको थियो । यस्तै, अन्य केही राष्ट्रपति पनि यौनलगायत विभिन्न काण्डमा मुछिएका थिए । तर, कसैलाई पनि फौजदारी अभियोग भने लगाइएको थिएन ।

पूर्वराष्ट्रपति ट्रम्प त अभियोग लागेपछि पक्राउसमेत परिसकेका छन् । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन