नेभिगेशन
समाचार

रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको मुद्दाको पेसी आज

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा आजलाई पेसी तोकिएको छ ।

न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको उक्त मुद्दाको सुनुवाइ मंगलबार हेर्न नमिल्ने भन्दै स्थगित भएको थियो । सो मुद्दाको सुनुवाइका लागि आज १० बजेका लागि पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

पूर्वउप्रधान तथा गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्चमा राहदानी दुरुपयोगसम्बन्धी  मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णयविरुद्ध युवराज पौडेल सफल सर्वोच्च पुगेका थिए ।

नेता लामिछानेविरुद्ध पासपोर्टसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णयविरुद्ध युवराज पौडेल (सफल) सर्वोच्च पुगेका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार