Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक 

राजनीतिसँगै समसामयिक विषयमा छलफल हुने
बुधबार, चैत २२, २०७९

काठमाडौँ– पछिल्लो राजनीतिक परिस्थिति र समसामयिक विषयहरूमा छलफल गर्न भन्दै नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ ।

माओवादीले पदाधिकारीको बैठक आजै अपराह्न ४ बजेका लागि बोलाएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने तय भएको एक नेताले बताए ।

बैठकमा आसन्न उपनिर्वाचन, सत्ता गठबन्धन, सरकारका काम कारवाहीलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  ०९:३०
प्रतिक्रिया दिनुहोस्