Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिक्किममा हिमपहिरो : ३ नेपालीसहित ७ जनाको मृत्यु

बुधबार, चैत २२, २०७९

काठमाडौँ– भारतको सिक्किमस्थित नाथुलामा हिमपहिरोमा परी तीन नेपालीसहित सात जना पर्यटकको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यहरूका अनुसार मृत्यु हुने नेपालीहरूमा दुई जना चितवनका र एक रुपेन्दहीका छन् ।

मृत्यु हुनेमा शिवप्रसाद लामिछाने र आशिका ढकाल रहेका छन् । यस्तै एक जना रुपन्देहीकी मुना शाह श्रेष्ठको हिमपहिरोमा मृत्यु हो ।

अन्य ४ जना भने भारतकै आन्तरिक पर्यटक रहेको बताइएको छ ।

यस्तै, गान्तोक नाथुला सडकमा मंगलवार दिउँसो हिमपहिरोमा परेर २८ जना घाइते भएको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जसमध्ये ८ जना गम्भीर रहेको बताइएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १०:१४
प्रतिक्रिया दिनुहोस्