प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै
काठमाडौं –प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ ।
द्वन्द्वपीडितले प्रधानमन्त्री प्रचण्डलाई पक्राउको आदेश माग गर्दै दायर गरेको रिट न्यायाधीश हरिप्रसाद फुयाँलको बेन्चमा चौथो नम्बरमा परेको छ ।
अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितले प्रधानमन्त्रीविरुद्ध रिट दायर गरेका थिए । सशस्त्र द्वन्द्वको समयमा मृत्यु भएकामध्ये ५ हजारको जिम्मा आफूले लिने बताएपछि प्रधानमन्त्रीविरुद्ध उनीहरुले रिट दायर गरेका थिए । सुरुमा निवेदन अदालत प्रशासनले दरपिठ गरेको थियो ।
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९ १२:०६
प्रतिक्रिया दिनुहोस्