नेभिगेशन
अटोमोबाइल्स

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा टिभी जित्ने मौका

काठमाडौं –ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकका लागि दराजबाट सामान किन्दा ५५ इन्च वेस्तेल लिड स्मार्ट टिभी जित्न सक्ने योजना सार्वजनिक गरेको छ । योजनामा सहभागी हुन बैंकका ग्राहकले भिजा डेबिट या क्रेडिट कार्ड प्रयोग गरी दराजबाट समान खरिद गर्दा अनलाइन भुक्तानी गर्नुपर्नेछ ।

बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २१ चैतदेखि ९ वैशाखसम्म लागू रहने छ । योजनाको अन्त्यमा कुल सहभागीमध्ये १ जना भाग्यशाली विजेता छनोट गरिनेछ । छनोट भएका भाग्यशाली विजेताले ५५ इन्च वेस्तेल स्मार्ट लिड टिभी पाउनेछन् ।

यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानीलाई प्रद्र्धधन गर्नु रहेको बैंकले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अटोमोबाइल्स