Nic Ad Nic Ad
Nic Ad Nic Ad

थारुको कुवाँरवर्तीमाई पूजा सुरु

बुधबार, चैत २२, २०७९

पूर्वी नवलपरासी–थारु समुदायद्वारा हरेक वर्ष गरिँदै आएको कुवाँरवर्ती माईको पूजा सुरु भएको छ । 

महाभारत पर्वत शृंखलामा रहेको देवचुली पर्वतमा पुगेर त्यहाँ रहेको गुफाभित्र शिर थान माईको पूजा गरेर सुरु हुने कुवाँरवर्ती माईको पूजा जिल्लाभित्र रहेका ११ वटादेवी थानमा पनि पूजा गरेपछि सम्पन्न हुन्छ ।

देवचुलीको रजहरमा रहेका टिकेत (मुख्य पुजारी) भवानी गुरौको घरबाट यात्रा सुरु गरेर मुख्य पूजारीसहितको टोली शिरथान माईको पूजा गर्न चैते पूर्णिमाको दिन २३ कात्तिक २३ मा देवचुली पर्वतको चुलीमा पुग्ने ने कुवाँरवर्तीमाई गुठीका अध्यक्ष विकाराम चौधरीले बताइन् ।

चुलीमा पुग्न भन्दा अघिल्लो दिन मुख्य पुजारीसहितको टोली देवचुलीको कीर्तिपुरमा रहेको देवी थानमा बास बस्ने तथा र त्यहाँ पूजा सम्पन्न गरेपछि देवचुली र वरचुली पहाड बीच रहेको खोला इनरछतियामा बास बसेर मुख्य पूजाका लागि चैते पूर्णिमाको दिन देवचुली पहाडमा पुग्ने गर्छन् ।

चैते पूर्णिमाको दिन देवचुली पर्वतको चुलीमा रहेको गुफाभित्र शिरथान देवीको पूजा गरेपछि मुख्य पुजारी सहितको टोली फर्किने र जिल्लाका विभिन्न ११ वटादेवी थानमा पूजा गरेपछि पूजा सम्पन्न हुन्छ ।

चैते पूर्णिमाको दिन देवचुली पहाडमा रहेको शिरथान माईको पूजा गरिँदै गर्दा तल रहेका ११ वटा देवी थानमा पूजा गर्ने गरिन्छ । त्यसपछि चैते पूर्णिमाको भोलि पल्टदेखि ९ दिनसम्म जिल्लाका विभिन्न गाउँमा रहेका कुवाँरवर्ती माईको शाखा मन्दिरमा पूजा गरिने प्रचलन रहेको छ । पूजाको क्रममा देवी थानमा राँगा, बोका, कुखुराको बलि दिने गरिन्छ । 

हरेकवर्ष पूजा गरिने भए पनि ५÷५वर्षमा गरिने पूजाको विशेष महत्व हुने थारु अगुवा बताउँछन् । कन्तरी पूजाको नामबाट प्रचलित यो पूजा पूर्वी नवलपरासीमा रहेको प्रायः सबै थारु गाउँमा गर्ने गरिन्छ । परापूर्वकालदेखि नै विशेष गरेर पूर्वी नवलपरासीका विभिन्न ११ वटादेवी थान रहेका गाउँमा कुमारवर्ती माईको पूजा अर्थात कन्तरी पूजा गरिँदै आएको थारु अगुवा कमल गुरौँ बताउँछन् ।

शाखा मन्दिरहरूमा पूजा गर्ने अघिल्लो दिन साँझ टिकेत (मूल पुरोहित)को घरमा जम्मा भएर कुवाँरवर्ती माईको कथा सुन्ने तथा सुनाउने गरिन्छ । 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १४:४३
प्रतिक्रिया दिनुहोस्