नेभिगेशन
समाचार

सरकारको काम गर्ने तरिकाप्रति गगन थापा असन्तुष्ट

काठमाडौं –नेपाली कांग्रेसका महामन्त्री गगन थापा सरकारको काम गर्ने तरिकाप्रति असन्तुष्टि जनाएका छन् । दौडिनुपर्ने सरकार अझै अलमलिएको भन्दै उनले सरकारलाई असफल हुने छुट नरहेको बताए ।

कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा बुधबार बोल्दै महामन्त्री थापाले सरकार हिँडेने होइन दगुर्नु पर्ने बताए ।

‘सरकारसँग दौडिएर पुग्ने सुविधा मात्र छ’, उनले भने, ‘तर सरकारले दौडिन सुरु नै गरेन’, उनले भने ।

‘सरकारसँग गति छ, लय छ, संकल्प छ र अब काम सुरु गरेर देखाउनुपर्छ’ थापाले भने । यसका लागि सजिलोसँग गर्न सकिने काम समेत सुरु नभएको उनको गुनासो छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार