नेपालविरुद्ध भियतनामको सहज जित
काठमाडौं - पेरिस महिला फुटबल ओलम्पिक एसियन छ्नोटको पहिलो चरणमा बुधबार भियतनामले नेपालविरुद्ध ५-१ को सहज जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भियतनामलाई जित दिलाउन कप्तान हुयन्ह न्हुले दुई गोल गर्दा पाम हाइ येन, न्युयेन थि बिच थुय र एनगुयेन थि थाना न्हाले समान एक गोल गरे । नेपालकी सावित्रा भन्डारीले एक गोल फर्काएकी थिइन् ।
नेपालकी सावित्रा भन्डारीले ७९औँ मिनेटमा एक गोल फर्काइन् । सरु लिम्बुले मैदानको मध्य भागबाट निकालेको 'थ्रु' बललाई सावित्राले सहजै गोलमा परिणत गरिन् ।
छनोटको पहिलो चरणमा नेपाल र भियतनाम समूह 'सी' मा छन् । यो समूहमा नेपाल र भियतनामसँगै प्यालेस्टाइन र अफगानिस्तान पनि थिए । तर, प्यालेस्टाइन र अफगानिस्तानले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपाल र भियतनामले मात्रै दोेस्रो चरण प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएका हुन् । यी दुई टिमबीचको अर्को खेल २५ गते हुनेछ ।
समूहको शीर्ष स्थानमा रहने टिम छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।