Nic Ad Nic Ad
Nic Ad Nic Ad

एफएनसीसीआईको निर्वाचनमा श्रेष्ठ समुहको वाचापत्र सार्वजनिक

बुधबार, चैत २२, २०७९

काठमाडौँ– नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले आफ्नो टिम घोषणा गर्दै वाचापत्र सार्वजनिक गरेका छन् ।

एफएनसीसीआईको आगामी चैत २९ गते हुने निर्वाचनको लागि श्रेष्ठले आज अरण्य होटल, हात्तिसारमा आयोजित घोषणासभामार्फत औपचारिक रुपमा टिमको घोषणा गर्दै वाचापत्र सार्वजनिक गरेका हुन् ।

वाचापत्र सार्वजनिक गर्दै ‘जिवन्त, जिम्मेवार र जोशिलो’ निजी क्षेत्रको लागि आफुले उम्मेदवारी दिएको श्रेष्ठले बताए । 

घोषणा कार्यक्रमा उनले स्थानीय उत्पादनहरुको प्रवद्र्धन गर्दै औद्योगिक विकासमा अगाडि बढ्नुपर्ने बताए । नेपाल जस्तो मुलुकमा कुनै पनि व्यवसाय टिकाउनको लागि व्यवसाय विस्तार गर्न जरुरी भएको भन्दै श्रेष्ठले निजी क्षेत्रको नेतृत्वले साना र मझौला व्यवसायीको समस्यालाई समेत सम्बोधन गरेर सँगै अगाडि बढ्नुपर्ने समेत बताए ।

महासंघलाई नयाँ उचाईमा पुर्याउन र संस्थाको व्यवसायीक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारीता बढाउन आफ्नो वाचापत्रलाई आधार मानेर काम गर्ने उनको भनाई छ ।

आफ्नो टिमले सहभावना र सहकार्यको मुल आधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रतिबद्धता उनले जाहेर गरे ।

कार्यक्रममा श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिष लाल प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरे ।

अन्जन श्रेष्ठ समूहसँग सहकार्य गर्दै एसोसिएट्सतर्फ उपाध्यक्ष पदमा स्वतन्त्र प्यानलबाट उम्मेदवारी दिएका भरतराज आचार्यले सामूहिकतामा विश्वास गर्ने हुँदा सोहिअनुसार सहकार्य गरिएको बताए ।

त्यस्तैगरी, श्रेष्ठ समूहको तर्फबाट वस्तुगत समूह तथा जिल्ला नगरतर्फका प्यानल सदस्यहरुले समेत आफ्नो उम्मेदवारी औपचारिकरुपमा घोषणा गरेका छन् ।
 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  २१:२६
प्रतिक्रिया दिनुहोस्