Nic Ad Nic Ad
Nic Ad Nic Ad

हाम्रो पार्टी स्पष्टरूपमा पहिचानकै पक्षमा छ : प्रवक्ता महरा

बुधबार, चैत २२, २०७९

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)ले प्रदेश नं १ को नाम कोशी राखिएको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा आज भएको पदाधिकारी बैठकले प्रदेश नं १ को नामकरण पहिचानबाटै राख्नुपर्ने निर्णय गरेको छ । 

प्रदेशसभामा कोशीको पक्षमा भोट हालेको माओवादीको पदाधिकारी बैठकले पहिचानकै पक्षमा उभिने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । 

कोशीमा माओवादीका १५ प्रदेशसभा सदस्य छन् । माओवादीबाटै एक जना सभामुख भएकाले बाँकी १४ जनाले कोशीको पक्षमा मतदान गरेका थिए । प्रवक्ता महराले भने, ‘१ नम्बर प्रदेशको नामकरण कोशी भएको विषयमा उठिरहेको प्रश्नको बारेमा हाम्रो पार्टी धारणा के भन्ने पनि प्रश्न उठिरहेको पाइयो, त्यस विषयमा हाम्रो पार्टी स्पष्टरूपमा परिचानकै पक्षमा छ ।’

जातीय पहिचानसहितको प्रदेशको माग गर्दै पहिचान पक्षधर जातीय समूहले कोशी प्रदेशमा विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन् । कोशी प्रदेश नामकरणको निर्णयप्रति असन्तुष्टि जनाउँदै पूर्वका जातीय समूह सङ्गठित भएर आन्दोलन गर्दै आएका हुन् । 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  २२:२२
प्रतिक्रिया दिनुहोस्