Nic Ad Nic Ad
Nic Ad Nic Ad

शतप्रतिशत जित निकाल्ने क्रममा पञ्जाबले राजस्तानलाई ५ रनले हरायो

बिहीबार, चैत २३, २०७९

काठमाडौँ- जारी १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा शतप्रतिशत जित निकाल्ने क्रममा पञ्जाब किंग्लसले राजस्तान रोयल्सलाई हराएको छ ।
 
गएराति लगातार दोस्रो जित निकाल्ने क्रममा पञ्जाबले राजस्थानलाई ५ रनले पाखा लगाएको हो ।
 
गुवाहाटीमा भएको खेलमा पञ्जाबले दिएको १९८ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै १९२ रनमात्र बनाउनसक्यो । 

राजस्थानका कप्तान सन्जु सामसनले २५ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाए । 

यस्तै, सिम्रोन हेटमायर १८ बलमा ३६ रन जोडे ।

पञ्जाबका तीव्र गतिका बलर नाथन एलिसले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए । यस्तै अर्शदीप सिंहले २ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाउँदै १९७ रन बनाएको थियो । 

पञ्जाबका लागि कप्तान ओपनरद्वय शिखर धवन र प्रभसिमरन सिंहले अर्धशतकीय पारी खेले । धवनले ८६ रनको अविजित पारी खेल्दा अर्का सिंह ६० रनमा आउट भए । 


राजस्थानका जेसन होल्डरले सर्वाधिक २ विकेट लिए ।

जारी लिगमा पञ्जाबले २ खेल खेल्दा शतप्रतिशत जितको नतिजा निकालेको छ । पञ्जाब ४ अंकका साथ १० टोली सहभागी लिगको दोस्रो स्थानमा रहेको छ ।

दोस्रो खेलमा पहिलो हार व्यहोरेको राजस्थान भने २ अंकसहित चौथो स्थानमा रहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ०७:१५
प्रतिक्रिया दिनुहोस्