नेभिगेशन
पुँजी बजार

८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं –सुनको मूल्य बिहीबार प्रतितोला ८ सय रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन बिहीबार १ लाख १० हजार २ सय र तेजाबी सुन १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको हो । 

अघिल्लो दिन सुन एकै दिन २ हजार रुपैयाँ महँगो भएको थियो । 

त्यसैगरी बिहीबार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । चाँदी १ हजार ४ सय ३५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्