नेभिगेशन
समाज विविध

कांग्रेस नेता डा.भण्डारीको स्वास्थ्यमा सुधार 

काठमाडौँ– नेपाली कांग्रेसका नेता एवं  प्रतिनिधिसभा सदस्य डा.चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा राम्रो सुधार हुँदै गएको छ ।

गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका डा.भण्डारीको स्वास्थ्य पछिल्लो समय राम्रो हुँदै गएको हो । 

गत फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा.भण्डारीको स्वास्थ्यमा राम्रो सुधार आएको उनी निकट कांग्रेसका नेता माधव न्यौपानेले जानकारी दिए । ‘डा.भण्डारीको अनुहारको छाला राम्रो भइरहेको छ, बायाँ हातको पट्टी खोलिएको छ, कलमी छालाले राम्रो काम गरिरहेको छ’, न्यौपानेले भने । 

पछिल्लो समय डा भण्डारीलाई ज्वरो समेत नआएको र दिनदिनै फिजियोथेरापी गरिएको न्यौपानेले बताए । डा.भण्डारीलाई दैनिक तीन–चार पटक हिँडाउने गरिएको छ ।

आगलागीमा परी सांसद डा.भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइतेभएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । -रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता