Nic Ad Nic Ad
Nic Ad Nic Ad
आइपिएल :

कोलकातासँग बेंग्लोरको लज्जास्पद हार 

शुक्रबार, चैत २४, २०७९

काठमाडौँ– १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरले कोलकाता नाइट राइडर्ससँग लज्जास्पद हार ब्यहोरेको छ । 

गएराति इडेन गार्डेनमा भएको खेलमा घरेलु टोली कोलकाताले बैंग्लोरमाथि ८१ रनको सानदार जित निकालेको हो । 
कोलकाता दिएको २०५ रनको विशाल लक्ष्य पछ्याएको बेंग्लोरले १७.४ ओभरमा सबै विकेट गुमाएर १२३ रनमात्र बनायो । 

बेंग्लोरका लागि कप्तान फाफ डू प्लेसिसले सर्वाधिक २३ रन बनाउनबाहेक अन्य कुनै ब्याटरले २० रन कटाउन सकेनन् ।

कोलकाताका वरुण चक्रवर्तीले ४ र सुयश शर्मा ३ विकेट लिए । यस्तै, सुनिल नारानले २ तथा शार्दुल ठाकुरले १ विकेट हात पारे । । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर २०४ रन बनाएको थियो ।

कोलकाताका लागि शार्दुल ठाकुर र रहमानुल्लाह गुर्वाजले अर्धशतकीय पारी खेले । ठाकुरले ६८ रन बनाए भने गुर्वाजले ५७ रन जोडे । 

यस्तै, रिंकु सिंहले ४६ रन बनाए । 

बेंग्लोरका लागि डेबिड विल्ली र कर्ण शर्माले समान २÷२ विकेट लिए ।

जारी लिगमा कोलकाताले दोस्रो खेलमा पहिलो जित हात पारेको हो । उ २ अंकका साथ तेस्रो स्थानमा रहेको छ । 

बेंग्लोरले दोस्रो खेलमा पहिलो हार ब्यहारेको छ । बेंग्लोर २ खेलमा २ अंकसहित सातौँ स्थानमा रहेको छ । उ कोलकाताभन्दा नेट रनरेटले पछि छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  ०७:३२
प्रतिक्रिया दिनुहोस्