ट्विटरको लोगोमा चरा फर्काइयो
काठमाडौँ– ट्विटरको लोगोमा चरा फर्काइएको छ ।
गत मंगलबार निलो चराको ठाउँमा पहेँलो रङको कुकुर (गोल्डेन डग) राखिएकोमा आज पुनः पुरानै चरा स्थापित गरिएको हो ।
ट्विटर किनेसँगै प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कले केही परिवर्तन गर्ने संकेत गरेका थिए ।
सोहीअनुसार उनले क्रिप्टोकरेन्सी डोजेक्वाइनमा रहेको कुकुर अर्थात् डगीको मिमलाई नै लोगो बनाएका थिए ।
तर, आज पुनः उनले पुरानै दोहोर्याएका छन् । यसको कारण भने खुलाएका छैनन् ।
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९ १३:१३
प्रतिक्रिया दिनुहोस्