Nic Ad Nic Ad
Nic Ad Nic Ad

बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्की अनुबन्धित

शुक्रबार, चैत २४, २०७९

काडमाडौं – बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्की अनुबन्धित भएकी छन् ।

टेकुस्थित इन वान कम्पनीको कार्यालयमा कम्पनीका सेल्स एन्ड मार्केटिङ मेनेजर शंकर मैनाली र नायिका कार्कीले औपचारिक रूपमा ब्रान्ड एम्बेस्डर अनुबन्ध भएको सम्झौतामा हस्ताक्षर गरेका हुन् । कम्पनीको बेन्को ब्रान्डको फोनलाई बिगत ५ वर्षदेखि नेपालस्थित अम्बे मोबाइल्सले बिक्री वितरण गर्दै आइरहेको छ ।

बेन्को ब्रान्ड बजारको प्रतिस्पर्धी ब्रान्ड मध्ये धेरै फिचर भएको सुपथ मूल्यमा उपलब्ध ब्रान्ड भएको कम्पनीको दाबी छ । नायिका कार्की १ वर्षलाई अनुबन्धित भएसँगै फोनको बिक्री बढ्ने अपेक्षा कम्पनीको छ ।

नायिका कार्कीलाई नै अनुबन्ध गर्नु परेको जिज्ञासामा कम्पनीले छिट्टै आफ्नो फ्ल्यागशिप स्मार्ट फोन मोडल बेन्को एस वान लन्च गर्न लागेको बताएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १४:२०
प्रतिक्रिया दिनुहोस्