Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिटिजन लाइफ इस्न्योरेन्सको सुनौलो १०० दिन सुरु

शुक्रबार, चैत २४, २०७९

काठमाडौं –सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबारदेखि जीवन बीमा जागरण अभियान अन्तर्गत सुनौलो १०० दिन कार्यक्रमको सुरुवात गरेको छ । यो कार्यक्रम आगामी २०८० असार मसान्तसम्म जारी रहनेछ । पुरै देश आर्थिक तरलता संकटबाट गुज्रिरहेको यस चुनौतीपूर्ण समयलाई अवसरमा परिवर्तन गर्ने उद्देश्यका साथ यस अभियानको आयोजना गरिएको कम्पनीले जनाएको छ ।

बुटवल क्षेत्रमा आयोजना गरिएको एक कार्यक्रमबीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, पश्चिम क्षेत्रका साथै मध्य र मध्य पश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृतहरू धोज बहादुर खड्का र सुनिल पोखरेलबाट यस अभियानको उद्घाटन गरिएको थियो । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ब्राण्ड एम्बेसेडर महजोडीसँग सहकार्य गर्दै यस अभियानलाई सम्पन्न गर्ने जनाएको छ ।

यस बीमा जागरण अभियानको मूल उद्देश्य आम मानिससम्म बीमाको पहुँच पु¥याउनुका साथै यसका फाइदा, यसमा रहेको रोजगारीको अवसरको चेतना विकास गर्दै, विभिन्न स्थानीय तहमा व्यवसायिक अभिकर्ता निर्माण गर्नु रहको छ ।

बीमा विलासिता होइन अनिवार्य आवश्यकता हो भन्ने जनचेतना जगाउने उद्देश्यका साथ १०० दिनलाई सुनौलो बनाउन कार्यक्रम अगाडी बढाइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १५:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार