Nic Ad Nic Ad
Nic Ad Nic Ad

शाओमी फ्यान फेस्टिभलको अवसरमा रेड्मी १२ सी सार्वजनिक

शुक्रबार, चैत २४, २०७९

काठमाडौं –ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १२ सी नेपाली बजारमा सार्वजनिक गरेको छ । रेड्मी १२ सी बजेट मैत्री स्मार्टफोन हो । रेड्मी १२ सी ले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्टता संगै सहजता प्रदान गर्दछ ।

लन्चको बारेमा शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, ‘रेड्मीमा हाम्रो उपभोक्ता नै हामीले गर्ने सबै कुराको केन्द्रबिन्दु हुन् जसले हामीलाई उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउन प्रेरित गर्दछ । हामीले भर्खरै सार्वजनिक गरेको रेड्मी १२ सीले डिजाइनमा नयाँ स्तर ल्याएको छ ।’

रेड्मी १२ सीले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ । एक टिबी स्टोरेज एक्सटेन्सन भएको रेड्मी १२ सी छिटो र छरितो हुनुका साथै उत्तरदायी प्रतिक्रिया प्रदान गर्दछ । रेड्मी १२ सी कोेब्याट्रीले कलिङ, गेमिङ र भिडियो प्लेब्याक सजिलैसँग पूरा दिन ब्याकअप दिने काम गर्दछ । न्यूनतम डिजाइनसंगै पछाडि पट्टि अवस्थित फिंगर प्रिन्ट सेन्सरले फोन अनलक गर्न छिटो, सजिलो र सुरक्षित बनाउँछ ।

५० एमपीको मेन क्यामेरा सहितको रेड्मी १२ सीले थप डिटेल र अधिक लाईट क्याप्चर गर्ने क्षमता राख्दछ । 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १५:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाई लोकल बी लोकल
मंगलबार, वैशाख १९, २०८०